तपाईँ सुन्दै हुनुहुन्छः

‘देशको समृद्धिका लागि युवा सहभागिता सुनिश्चित गरिनुपर्छ’

सुर्खेत । नेकपा एमालेका नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले देशको समृद्धिका लागि युवाहरूको रचनात्मक सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल सुर्खेतको आठौँ जिल्ला अधिवेशनमा सहभागी हुन आज सुर्खेतको वीरेन्द्रनगर आई पुग्नुभएका नेता बस्नेतले देशमा रहेका विकृति, विसंगतिसँगै अधोगति हटाउन युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले युवाहरूको सहभागिता विना मुलुकको स्थिरता, विकास तथा समृद्धि नआउने भएकाले राजनीतिक दलहरूले युवाहरूलाई बढी भन्दा बढी समेट्नुपर्ने बताउनुभयो ।

उहाँले युवाहरूका अपेक्षा र आकाङ्क्षा पुरा नहुँदा निराशा, विचलन, पलायन, विकृति, विसंगतिसँगै विद्रोहतर्फ समेत आकर्षित हुनसक्ने भएकाले त्यसलाई रोक्न दलहरूले व्यापक रुपमा अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button