तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा मोटरसाइकल दुर्घटनामा आज १ महिलाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका २१ स्थित ड्राइपोर्ट सडक खण्डबाट चोर्नीतर्फ जाँदै गरेको बिआर ०५ ए एम १६२४ नम्बरको भारतीय मोटरसाइकलबाट लड्दा पछाडि सवार भारतीय महिला मालादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको रक्सौल निवासी ५० वर्षीया मालादेवी मोटरसाइकलबाट अचानक लडेर टाउकोमा चोट लाग्दा गम्भीर घाइते भएकी थिइन् । एल.एस. न्युरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

प्रहरीले मोटरसाइकल चालक भारत विहार मोतिहारी थाना रक्सौलका २३ वर्षीय सचिन कुमारलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button