तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको जलजलामा हिउँ पर्‍यो 

रोल्पा । रोल्पाको अग्लो पहाड जलजलासहित आसपासको क्षेत्रहरूमा केही दिनदेखि परेको वर्षापछि हिउँ परेर सेताम्मे भएको छ । यसपटक हिउँदको समयमा पानी नपरेको कारण हिउँ परेको थिएन ।

गुराँस फुलेर रङ्गीचङ्गी देखिएको जलजला हिउँले झनै आकर्षक बनाएको छ । जलजलालाई नेपाल सरकारले मुलुकभरका एक सय गन्तव्यको सूचीमा समेटेको छ ।

हिउँ खेल्दै रमाउन जलजलामा जाने पर्यटकहरूलाई मौसमले साथ दिएको छ । जलजला, ऐतिहासिक मगर समुदायको बस्ती थवाङ र अर्को हिउँको पहाड कोठी भिरमा पुगेर हिउँसँग मन साट्न पर्यटक पुग्न थालेका छन् ।

आन्तरिक एवं बाह्य पर्यटक हिउँ खेल्न त्यहाँ पुग्ने गरेका छन् । समुद्र सतहदेखि झन्डै ३ हजार ७ सय मिटरको उचाइमा रहेको पहाडमा विविध प्रकारको प्राकृतिक जडीबुटी र लोपोन्मुख रेडपान्डा पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button