तपाईँ सुन्दै हुनुहुन्छः

जनतालाई स्वास्थ्यलगायतका सेवा दिन सडक सञ्जालको विकास अपरिहार्य : अध्यक्ष ओली 

कपिलवस्तु । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसका जनतालाई स्वास्थ्यलगायतका सेवा दिन सडक सञ्जालको विकास अपरिहार्य रहेको बताउनुभएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भएको १५ शय्याको अस्पतालको आज उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भएकाले सबैभन्दा पहिला सडक सञ्जाल निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले कपिलवस्तुमा सिँचाइको समस्या समाधान गर्न नौमुरे सिँचाई योजनालाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । 

कपिलबस्तु र सिङ्गो नेपालको विकासका लागि कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग गरी व्यावसायिक कृषिलाई अघि बढाउनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष ओलीले  पर्यटन विकासका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोगलाई पनि प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button