तपाईँ सुन्दै हुनुहुन्छः

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

बारा । बारामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

वीरगन्जस्थित गुरुकुल एकेडेमीको बसको ठक्करबाट बिहान कलैया उपमहानगरपालिका १ बालमन्दिर नजिक एक जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका १ मोतीबागका विनोद साह सोनारका छोरा तीन बर्षीय कार्तिक साह सोनारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

बस र चालकलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button