तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखसँग पत्रकार महासङ्घका पदाधिकारीहरूको भेट

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्लाई प्रभावकारी बनाउनका लागि आफू जिम्मेवार भएर लागि पर्ने बताउनुभएको छ । 

संघीय संसद् सचिवालय सिंहदरबारमा आज नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूसँगको भेटमा सभामुख घिमिरेले धेरै दलहरू संलग्न अहिलेको संसदमा चुनौतीहरू पनि धेरै रहेको भन्दै संसद्लाई व्यवस्थित बनाउन राजनीतिक दल र नेताहरू पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले प्रभावकारी कानुन निर्माणका लागि सांसदहरु बढी जिम्मेवार बन्नुपर्ने भन्नुहुँदै सरोकारवालासँग छलफल गरेर समयानुकूल कानुन बनाउने सन्दर्भमा आफूले पहल गर्ने बताउनुभयो ।

भेटमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतले सञ्चार सम्बन्धी ऐन र कानुनहरु समयमा आउन नसक्दा समस्या भइरहेकोभन्दै संसद्बाट सञ्चार सम्बन्धी ऐनहरूलाई समयमा नै निष्कर्षमा पुर्‍याउने विषयमा सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button