तपाईँ सुन्दै हुनुहुन्छः

एसिया ट्रायथलन कपमा १५ देशका ६२ खेलाडी सहभागी हुने

पोखरा । पर्यटनको राजधानी पोखरामा भोलि (शनिबार) हुने एसिया ट्रायथलन कप प्रतियोगितामा नेपाल सहित १५ देशका ६२ जना खेलाडीहरू सहभागी हुनुहुने भएको छ ।

पोखराको लेक साइडमा आयोजना हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको नेपाल ट्रायथलन संघका उपाध्यक्ष सुमन देवकोटाले शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा महिलातर्फ २४ जना र पुरुषतर्फ ३८ जना खेलाडीहरूले आफ्नो नाम दर्ता गराउनुभएको छ । प्रतियोगितामा नेपालका ९ जना खेलाडीले सहभागी हुने उपाध्यक्ष देवकोटाले जनाउनुभयो ।

प्रतियोगिताका विजेतालाई ८३ हजार, उपविजेतालाई ६९ हजार र तेस्रो हुनेलाई ५५ हजार पुरस्कार समेत प्रदान गरिने छ ।

प्रतियोगिता भोलि बिहान ७ः०० बजे सुरु हुने छ ।

सन् २००० देखि ओलम्पिकमा समावेश भएसँगै विश्वव्यापी रुपमा यस खेलको लोकप्रियता बढेको छ । नेपाल ट्रायथोलन एसोसिएसन (एनटिए) ले सन् २०११ देखि नेपालमा ट्रायथोलन खेलको विकास र विस्तारका लागि काम गर्दै आएको छ । नेपाल ट्रायथोलन एसोसिएसन(एनटिए) विश्व ट्रायथोलन र एसिया ट्रायथोलनसँग आबद्ध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button