तपाईँ सुन्दै हुनुहुन्छः

बारामा यस वर्ष १० अर्ब बढीको दलहन उत्पादन

वीरगञ्ज । बारामा यस वर्ष १० अर्ब मूल्य भन्दा बढीको १० हजार ३५ मेट्रिकटन मुसुरो, रहर, खेसारी लगायतका दलहन उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहका अनुसार, बाराका जिल्लामा यस वर्ष किसानले विभिन्न प्रकारका दलहन खेती गरी १० अर्ब बराबरको कूल १० हजार ३५ मेट्रिक टन दलहन उत्पादन गरेका हुन् ।

किसानले उत्पादन गरेका दलहन (मुसुरो, रहर इत्यादि) बजारमा प्रतिक्विन्टल १० हजार रुपैयाँको दरले बिक्री वितरण भइरहेको जानकारी दिँदै कृषि ज्ञानकेन्द्र प्रमुख साहले बारामा यस वर्ष जिल्ला भरका किसानले १० अर्ब ३० करोड ५० लाख रुपैयाँभन्दा बढीको दलहन उत्पादन गरेको बताउनुभयो ।

साहका अनुसार बारामा यस वर्ष कूल ११ हजार ४५० हेक्टर क्षेत्रफलमा मुसुरो, रहर लगायतको खेती गरिएको थियो ।

गत वर्ष बारामा ११ हजार ६५० हेक्टर क्षेत्रफलमा दलहन खेती गरिएकोमा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button