तपाईँ सुन्दै हुनुहुन्छः

लघु वित्तीय संस्थाविरुद्ध महिलाहरूको प्रदर्शन

जाजरकोट । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै जाजरकोटको खलंगामा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन् ।

लघु वित्तीय संस्था विरुद्ध जाजरकोटमा पीडित महिलाहरूको समूहले बुधबार प्रदर्शन गरेको हो ।

उनीहरूले लघु वित्तीय संस्था खारेज गर, लघु वित्तीय संस्थाविरुद्ध एक हौँ, ऋणी मार्न पाइँदैन, ब्याजदर १ प्रतिशत कायम गर लगायतका नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

लघु वित्तीय संस्थाहरूले राष्ट्र बैङ्कको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको आरोप प्रदशनकारीहरुको आरोप छ । ‘लघु वित्तले सही कारणले लगानी गरेनन्, सही दिशामा हिँडेनन्, राष्ट्र बैङ्कको निर्देशन टेरेनन्,’ उनीहरूको भनाई छ ।

लघु वित्तहरूले अहिले दिदी बहिनीलाई मर्नु न बाँच्नुको बनाएको एक महिलाले बताइन् ।

ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको र गैर कर्जा प्रवाह गरी लघु वित्तीय संस्थाहरूले ऋणीलाई बिचल्ली बनाएको आरोप उनीहरूको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button