तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको लोकतन्त्रको रक्षा र विकासकालागि अमेरिका सधैँ तयार : युएसएआइडी प्रशासक पावर

काठमाडौं । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग युएसएआइडीका प्रशासक  सामान्था पावरले नेपालको लोकतन्त्रको रक्षा, समावेशिता तथा आर्थिक वृद्धि सुनिश्चित गर्न असल मित्रकोरुपममा अमेरिका सधैँ तयार रहने बताउनुभयो ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रशासक पावरले नेपाली जनताको आकांक्षा पूरा गर्न अमेरिकाले विगत ७५ वर्षदेखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलसँगको  भेटवार्ताको क्रममा प्रशासक पावरले युएसएआइडीले नेपाललाई सन् २०३० सम्म मध्यम आय भएको राष्ट्रको सूचिमा पुर्‍याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।

युएसएआइडीले नेपालको बजेट प्रक्रियालाई थप समावेशी, समतामूलक र पारदर्शी बनाउन करिब ७ अर्ब रुपैयाँ लगानी गर्ने पावरले बताउनुभयो । 

यस सहायताले स्वतन्त्र सञ्चारमाध्यम र नागरिक समाजलाई पनि सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।   

विश्वव्यापी जलवायु परिवर्तन विरुद्ध लड्न र नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न नेपाल र अमेरिका मिलेर अघि बढ्नुपर्नेमा प्रशासक पावरले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button