तपाईँ सुन्दै हुनुहुन्छः

आदिवासी जनजाति पत्रकार महासङ्घ मधेश प्रदेशको अध्यक्षमा दुष्यन्त

सप्तरी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ मधेश प्रदेश अध्यक्षमा दुष्यन्त चौधरी र महासचिवमा बृजमान तामाङ चयन हुनुभएको छ ।

महोत्तरीको बर्दिबासमा शनिबार आयोजित प्रदेश स्तरीय विशेष भेलाले अध्यक्षमा चौधरी र महासचिवमा तामाङलाई चयन गरेको हो ।

आदिवासी जनजाति पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष प्रमेश बादेको अध्यक्षता तथा संघीय अध्यक्ष गजुर्धन राईको प्रमुख आतिथ्यमा आयोजित भेलाले चौधरीको नेतृत्वमा २१ सदस्य मधेश प्रदेश समिति गठन गरेको हो ।

उपाध्यक्षमा अनिता चौधरी, प्रिया सिंह थारु, महासचिवमा बृजमान तामाङ, सचिवमा रेणु चौधरी र कोषाध्यक्षमा ज्योति तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।

समितिको सदस्यहरूमा जितेन्द्र प्रसाद चौधरी (सप्तरी), शम्भु चौधरी (सिराहा), नवीन चौधरी (बारा), शम्भु चौधरी (पर्सा), बुधन चौधरी (बारा), उदय पाख्रिन (सर्लाही), मनोज थापा (महोत्तरी) लगायत चयन हुनुभएको छ ।

भेलामा वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष कमान देवान, महासचिव मिलन लिम्बु र प्रदेश इन्चार्ज निरज पिठाकोटे मगर प्रदेश, प्रतिनिधिहरू, विभिन्न जिल्लाका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button