अध्यक्ष दाहालद्वारा समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीमा जानकारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीमा जानकारी गराउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभएको हो ।
उहाँले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाटै बाहिरिने सम्भावना रहेको स्थायी कमिटीलाई जानकारी गराउनुभयो ।
अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम बारे जानकारी गराउँदै थप छलफल समय अभाव रहेको भन्दै भोलिका लागि अर्को बैठक तय गर्ने गरी बैठक स्थगित गरिएको महासचिव देव गुरुङले जानकारी दिनुभयो ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (शुक्रबार) दिउसो ३ः०० बजे पुनः बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्