तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा दुई अध्यादेश स्वीकृत

कास्की । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएका दुई अध्यादेश स्वीकृत भएका छन् ।

गण्डकी प्रदेशसभाको आज बसेको बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत स्वीकृत गरेको हो ।

यसअघि गत पुस १८ गते बसेको गण्डकी प्रदेश सभाको पहिलो बैठकमा पूर्व प्रदेशसभा मामिला तथा कानुनमन्त्री बिन्दुकुमार थापाले उक्त अध्यादेश प्रदेशसभामा पेस गर्नुभएको थियो ।

मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले अघिल्लो संसद् बैठक अन्त्य भइसकेपछि प्रदेश निजामती तथा स्थानीय सेवासम्बन्धी अध्यादेश गत असोज ७ गते जारी गरेको थियो ।

स्वीकृत भएसँगै उक्त अध्यादेश प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन्छ । त्यसपछि राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button