तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिनुभयो ।

आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो ।

कार्य विभाजनसँगै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button