तपाईँ सुन्दै हुनुहुन्छः

महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४३ खेलाडीलाई बोलाइयो

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४३ खेलाडीलाई बोलाइएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार ४३ जना खेलाडीको नाम घोषणा गरेको हो । भारतमा अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले ४३ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दै बन्द प्रशिक्षणमा बोलाउनुभएको हो ।

राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण मङ्गलवारदेखि एन्फा कम्प्लेक्समा सुरु हुने एन्फाले जनाएको छ । एन्फाले आइतबार अनन्त कुमार थापालाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । यस्तै गङ्गा गुरुङ सहायक प्रशिक्षक नियुक्त हुनुभएको छ । सुरज कुमार लामालाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।

नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ । मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button