तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

माओवादी केन्द्रले आजका लागि तोकिएको पूर्वनिर्धारित स्थायी कमिटी बैठक पछि सारेर आज पदाधिकारी बैठक बोलाएको थियो ।

बैठकमा साङ्गठनिक विषयवस्तु, कार्य विभाजनलगायत गृह मन्त्रालयका बारेमा समेत छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । 

स्थगित गरिएको पूर्वनिर्धारित स्थायी कमिटी बैठकको मिति पनि पदाधिकारी बैठकले तोक्ने माओवादी केन्द्रले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button