तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा भालुको आक्रमणबाट एक जना घाइते 

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका २ दोभानमा हिजो बेलुका भालुको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ  । जङ्गलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गर्दा स्थानीय देउ बहादुर बिक घाइते हुनुभएको हो । उहाँ श्रीमतीसँग घाँस काट्न घर नजिकैको जङ्गलमा जाँदा देउ बहादुरलाई भालुले आक्रमण गरेर घाइते बनाएको हो  । 

घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको दोभान प्रहरीले जनाएको छ । देउबहादुरलाई भालुले टाउकोमा आक्रमण गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button