तपाईँ सुन्दै हुनुहुन्छः

इटहरी उपमहानगरमा माघ मसान्त भित्र जग्गा कित्ताकाट खुल्ने 

सुनसरी । इटहरी उपमहानगरपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरणको काम माघ मसान्त भित्र सक्ने निर्णय गरेको छ ।

१२७ औ कार्यपालिका बैठकले वडा स्तरबाटै वर्गीकरणको मापदण्ड बनाई काम सक्ने निर्णय भएको हो ।

इटहरी उपमहानगरपालिका वर्गीकरणको विषयमा नापी विभागबाट आएको मालपोत अधिकृतसहितको टोलीले सहयोग गरिरहेको बताउँदै मापदण्ड अनुसार १ महिना भित्र जग्गा कित्ताकाट खुलाउने गरी काम सुरु गर्ने बताउनुभयाे । 

कित्ताकाट नहुँदा सर्वसाधारणलाई समस्या भएको भन्दै माघ मसान्तसम्म वडा स्तरबाट जग्गा वर्गीकरण भएर नआए नगर स्तरबाटै निर्णय गरिने कार्यपालिका बैठकमा मेयर हेमकर्ण पौडेलले बताउनुभयाे ।

जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको काम नसकिँदा कित्ताकाटको समस्या हुने गरेको छ । जग्गा कित्ताकाट नहुँदा राजश्व समेत गुमेको भन्दै जग्गा वर्गीकरण तत्काल टुङ्गो लगाउन कार्यपालिका सदस्यहरूले माघ मसान्त अगावै वर्गीकरणको काम सकिने प्रतिवद्द्ता जनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button