तपाईँ सुन्दै हुनुहुन्छः

चालु आवको ९ महिनामा नेपालगन्ज विमानस्थलबाट ३ लाख ५५ हजारले गरे यात्रा

बाँके । नेपालगन्ज विमानस्थलबाट चालू आर्थिक वर्षको ९ महिनामा ३ लाख ५५ हजार ७ सय ३२ जनाले हवाई यात्रा गरेका छन् । 

विमानस्थल हुँदै चालु आर्थिक वर्ष २०८०÷०८१ को चैत मसान्तसम्म ९ हजार २ सय ५४ उडान भएको नेपालगन्ज विमानस्थल प्रमुख सुरेशप्रसाद खनालले जानकारी दिनुभयो । 

नेपालगन्ज विमानस्थलबाट १ लाख ७६ हजार ९ सय २४ जना नेपालगन्ज आएका छन् भने १ लाख ७८ हजार ८ सय ८ जना नेपालगन्ज विमानस्थल हुँदै अन्य गन्तव्यमा गएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालगन्ज विमानस्थल प्रमुख खनालका अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा १४ हजार ७५ उडान भएका थिए। त्यसमा २ लाख ४४ हजार ५ सय ३८ जना आएका थिए भने २ लाख ५२ हजार १ सय ३२ जना यात्रुहरू अन्य गन्तव्य गएका थिए।

आन्तरिक उडानतर्फ देशकै अति व्यस्त विमानस्थलका रूपमा नेपालगन्ज विमानस्थल रहेको छ। विमानस्थलबाट काठमाडौँ, पोखरासहित पश्चिमका पहाडी तथा हिमाली जिल्लामा नियमित उडान हुँदै आएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button