तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा प्रथम कृषि पर्यटन तथा व्यापार महोत्सव आजदेखि सुरु 

जुम्ला । जुम्लामा प्रथम बृहत् कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । आर्थिक तथा व्यापारिक गतिविधि बढाउन, रैथाने बाली तथा स्थानीय भाषा सांस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबारदेखि जुम्लामा बृत्तह महोत्सव सुरु भएको हो । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा १० दिन लामो महोत्सव सुरु भएको हो । महोत्सवमा विभिन्न ५०/६० स्टल बुक भइसकेका छन् । भने ८०/९० वटा जम्मा स्टल रहेका छन् ।

महोत्सवको प्रतिनिधिसभा सदस्य सांसद विनिता कठायतले उद्घाटन गरेकी छन् । कोरोनाले थलिएको अर्थतन्त्र र सुस्ताएको व्यापारलाई थोरै भएपनि मलम लगाउन मेला महोत्सवले राहत पुराउने बताउनुभयो । मनोरञ्जनसँगै भाषा संस्कृतिको संरक्षण पनि हुने उहाँको भनाई छ । 

गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रिय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले जुम्लाको कृषि, पर्यटन, व्यापार तथा संस्कृतिलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभयो । महोत्सवमा राखिने स्टलहरू आयातित भन्दा पनि जुम्लाकै रैथाने बाली स्टलहरूलाई बढी प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो । 

त्यस्तै पूर्व राज्यमन्त्री गोमा कुँवर,जिसस प्रमुख गौरी नन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायत स्थानीयतहका प्रमुखहरुले जुम्लामा धेरै वर्षपछि भएको बृहत् महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउनुका साथै कला संस्कृतिको प्रर्बद्धनमा टेवा पुराउने उल्लेख गर्नु भएको छ  । 

महोत्सवमा प्रवेश शुल्क सर्वसाधारणलाई १५०, विद्यार्थीलाई कार्ड देखाएमा १००, र अपाङ्ग, ज्येष्ठ नागरिकलाई कार्डका आधारमा निःशुल्क गरिने आयोजकले जनाएको छ । भने प्रतिस्टललाई प्रतिदिन एक हजारका दरले शुल्क लिइने छ ।

‘लोक, कला संस्कृतिको संरक्षण, रूपान्तरण, समुद्री हाम्रो अभियान कृषि संस्कृति र संस्कार हाम्रो पहिचान कृषि पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख २३ गते सम्म सञ्चालन हुने छ । 

दर्शकको स्वास्थ्य उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा हेल्थ डेस्क समेत राखिने छ । १० दिन सम्म सञ्चालन हुने महोत्सवलाई सफल बनाउन आवश्यक समन्वय तथा सहयोग गरिदिन लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष कर्ण बुढ्थापाले सबै सरोकारवालालाई अपिल गरेका छन् । स्रोत अभावका बीच पनि जुम्लाको कृषि पर्यटन कला संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गरिएको उहाँको भनाई छ । 

साथै महोत्सवकै अवसरमा जुम्लाको नयाँ प्रतिभा पहिचान पनि गरिने छ । जस अन्तरर्गत महोत्सवमा देउडा,दोहोरी,एकल नाँच प्रतियोगिता गरिने लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिव विश्वराज खत्रीले बताउनुभयो । उहाँका अनुसार उत्कृष्ट हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button