तपाईँ सुन्दै हुनुहुन्छः

महाभारतकालीन कीचकबधमा भीम–कीचकको नयाँ प्रतिमा स्थापना

भद्रपुर, झापा । झापाको भद्रपुर–२ स्थित कीचकबध धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलमा भीम–कीचकको नयाँ प्रतिमा स्थापना गरिएको छ ।

शनिवार संस्थाको साधारणसभाको अवसरमा आयोजित एक समारोहका बीच संविधानसभा सदस्य जीतु गौतमले भीम–कीचकको नवनिर्मित प्रतिमाको अनावरण गर्नुभयो । प्रतिमा अनावरणपछि संविधानसभा सदस्य गौतमले कीचकबध सबै जातजातिको पवित्र भूमि भएको बताउनुभयो ।

संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत प्राप्त रू ५० लाख र जनसहभागिताबापत सङ्कलित रू १२ लाख ५० हजार गरी ६२ लाख ५० हजार बजेटमध्ये रू २३ लाख ७० हजार ८७७ को लागतमा भीमले मुड्बलिले हानेर कचिकलाई वध गर्दै गरेको अवस्थाको भीम–कीचकको प्रतिमा निर्माण गरिएको समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिनुभयो । त्यस्तै, सो पर्यटकीयस्थल संरक्षणका लागि रू ३८ लाख ७८ हजार ६८१ को लागतमा घेराबारा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button