तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिने “वृत्ति परामर्श उद्यम तथा रोजगार मेला” उद्घाटन(फोटोफिचर)

रोजगार सृजनाका लागि सबैसँग हातेमालो गर्न आवश्यक : मुख्यमन्त्री राई

सुनसरी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले रोजगार सृजना गर्नका लागि सबैसँगको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । 

शुक्रबार सुनसरीको दुहबी नगरपालिकाले आयोजना गरेको दुई दिने “वृत्ति परामर्श उद्यम तथा रोजगार मेला” उद्घाटन गर्नुहुँदै उहाँले कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री राईले विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि सबैको आयस्तर सुधार हुनुपर्ने र त्यसको उत्तम उपाय भनेको रोजगार वा स्वरोजगार भएकाले यस लागि सबैसँगको हातेमालो आवश्यक रहेको बताउनुभयो । 

रोजगार र विकास सहितका सबै काम सरकारले मात्रै नभई गैरसरकारी संस्था, नागरिक समाज, उद्योग प्रतिष्ठान र नीजि क्षेत्रले समेतले यसका लागि योगदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले देश निरकुंश शासनबाट लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकाले अव नागरिकलाई उद्यमी र रोजगारका लागि प्रदेश सरकारले सबै पक्षसँग हातेमालो गर्ने बताउनुभयो ।

उहाँले दुहबीमा ऐतिहासिक रुपमा मेलाको आयोजना गरिएको र रोजगार सृजनामा केही मात्रामा भएपनि योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उद्घाटन कार्यक्रममा दुहबीका नगर प्रमुख वेदनारायण गच्छदारले प्रदेश कृषि मन्त्रालय सहित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, प्रदेश नं. १, मनमोहन प्राविधिक विश्वविद्यालय, नेपाल उद्योग परिसंघ प्रदेश नं. १, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, प्रदेश नं. १, व्यावसायिक सीप तथा तालिम प्रदायक संघ, प्रदेश नं. १, मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ, दुहबी उद्योग वाणिज्य संघ र नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागि सीप, आसमान नेपाल परियोजनाको सहकार्यमा मेलाको आयोजना गरिएको बताउनुभयो । 

दुहबीमा विभिन्न सरोकारवाला र सहयोगीहरूको साथमा स्थानीय सरस्वती माविको खेल मैदानमा दुई दिने वृत्ति परामर्श, उद्यम तथा रोजगार मेलाको आयोजना गरिएको जानकारी दिनुभयो । 

प्रमुख गच्छदारका अनुसार वृत्ति विकास तथा रोजगार सम्बन्धी परामर्श सेवा तथा सूचना दिइने, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी र तालिमको सूचना दिइने, रोजगार सेवा प्रदायक सेवाको अवसरको सूचना दिइने, रोजगार सम्बन्धी सूचना तथा रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, रोजगारको अवसर प्रदान गर्न सकिने, रोजगार सूचना प्रणाली (श्रम संसार)को जानकारी दिइने, स्थानीय उत्पादन प्रदर्शनी गरिने, उद्यमशीलता विकास तथा व्यावसायिक विकास प्रवर्द्धनको परामर्श प्रदान गरिने, स्थानीय लघु उद्यमीहरूको उत्पादित वस्तु तथा सीप प्रदर्शन तथा प्रवद्र्धन गरिने, दुहबी नगरपालिकाबाट प्रदान गरिने तालिम तथा सेवाको जानकारी गराइनेछ ।

स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी तथा स्वरोजगारी उपलब्ध गराउने तथा उत्प्रेरित गर्ने अभिप्रायले आयोजना गरिएको  वृत्ति परामर्श उद्यम तथा रोजगार मेलामा विभिन्न उद्योग व्यवसायहरूबाट सीप युक्त जनशक्तिको मागको रहेको छ । 

मेलाबाट विद्यार्थीहरू तथा युवाहरूले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगार युवाहरूले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने, श्रम संसार मार्फत रोजगारी तथा सिपको अवसरको जानकारी प्राप्त गर्ने, उद्योग तथा व्यवसायीहरूले उपलब्ध जनशक्तिबारे जानकारी पाउने, बेरोजगार युवाहरूले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसँग उपलब्ध विभिन्न रोजगारीका अवसरबारे जानकारी पाउने भएका छन् ।

मेलामा घरायसी उत्पादन अचारदेखि चर्खा, लघु उद्यमीले उत्पादन गरेको गुडिया, भुजिया, कपडा, विद्युतीय बाइक, थारुको जातीय खानाका परिकारका स्टल सहित ५५ वटा स्टल रहेको छ । सेवा प्रवाह गर्ने सिसिटिभी सहितका प्राविधिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको समेत स्टल राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button