तपाईँ सुन्दै हुनुहुन्छः

चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई छाड्न आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन आदेश दिएको हो ।

आदेशमा वृद्धको सुविधा दिएर छाड्न भनिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button