तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षाकर्मीको कारबाहीमा ३३ पाकिस्तानी तालिबान लडाकुको मृत्यु 

काठमाडौं । अतिवादी समूह पाकिस्तानी तालिबानको कब्जाबाट प्रहरी कार्यालयलाई नियन्त्रणमा लिने क्रममा ३३ जना लडाकु मारिएका पाकिस्तानी रक्षा मन्त्रालयले जनाएको छ । 

पाकिस्तानी तालिबानले पाकिस्तानको उत्तर पश्चिममा रहेको बन्नु जिल्लामा रहेको प्रहरी कार्यालयलाई गत आइतबार कब्जामा लिएको थियो । 

प्रहरी कार्यालय भित्र सुरक्षाकर्मी सहित धेरै व्यक्तिहरू रहेका अन्तर्राष्ट्रिय समाचार माध्यम  बिबिसीले उल्लेख गरेको छ । 

प्रहरी कार्यालयलाई लडाकुबाट मुक्त गर्ने क्रममा दुई सुरक्षाकर्मीको मृत्यु भएको र १० देखि १५ सुरक्षाकर्मी घाइते भएका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले बताउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button