तपाईँ सुन्दै हुनुहुन्छः

सङ्कट आउन नदिन बङ्गलादेशका प्रधानमन्त्रीद्वारा खाद्य उत्पादनमा जोड

ढाका। देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गर्नुभएको छ ।उहाँले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी जोड दिन सबैलाई आग्रह गर्नुभएको हो ।

विश्वका कतिपय देशमा अहिले खाद्य संकटको समस्या आइरहेकाले यस्तो समस्याबाट बच्नका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्ने अवस्था आएको उहाँको भनाई छ ।उहाँले युनइटेड न्युज अफ बङ्गलादेशसँगको अन्तरवार्ताका क्रममा सो कुरा बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ– हामीले देशभित्र कृषि उत्पादनमा जोड दिनुपर्छ । हामीले खाद्यान्न उत्पादनका आयोजनाहरुलाई बढी भन्दा बढी मात्रामा प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । विश्वका कतिपय देशमा अहिले खाद्यान्न अभाव तथा खाद्या असुरक्षाका समाचारहरु आइरहेकाले हामीले त्यसप्रति ध्यान दिनु आवश्यक छ ।

विश्वमा आर्थिक मन्दी देखिएको र यसका कारण खाद्यान्नको मूल्यमा पनि अत्यधिक मात्रामा बृद्धि भएकाले क्रयशक्ति कम भएका मानिसहरुले खाद्यान्न किनेर खान सक्ने अवस्था पनि नहुनसक्ने तर्फ सबैले सोच्नुपर्ने पनि उहाँले जोड दिनुभयो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button