तपाईँ सुन्दै हुनुहुन्छः

इयू राष्ट्रबीच प्रमुख कार्बन बजार सुधारका लागि सम्झौता

काठमाडौं । युरोपेली संघ (ईयू)का सदस्य राष्ट्रले कार्बन उत्सर्जन कम गर्न र जलवायु–अनुकूल प्रविधिहरूमा लगानी गर्ने एक सम्झौताको घोषणा गरेका छन् ।

यस सम्झौताको उद्देश्य उत्सर्जन कटौतीलाई तीव्रता दिनु, उद्योगहरूलाई निः शुल्क सेवाहरू चरणबद्ध गर्नु र भवन र सडक यातायात क्षेत्रहरूबाट ईन्धन उत्सर्जनलाई लक्षित गर्नु भएको युरोपेली संसदद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

ईयू उत्सर्जन व्यापार प्रणाली (ईटीएस) ले बिद्युतीय उत्पादक, स्टील र सिमेन्टजस्ता उच्च ऊर्जा खपत गर्ने उद्योगहरूलाई ‘प्रदूषक भुक्तानी’ सिद्धान्त अन्तर्गत उनीहरूको कार्बन उत्सर्जन समस्या सम्बोधन गर्न ‘निःशुल्क सेवा’ का लागि अनुमति दिनेछ ।

कार्बन तटस्थता प्राप्त गर्ने युरोपेली युनियनको अन्तिम उद्देश्यको भागको रूपमा कम उत्सर्जन गर्न र हरित प्रविधिहरूमा लगानी गर्न प्रोत्साहित गर्न कोटाहरू कम गर्ने व्यवस्था गरिएको छ ।

युरोपेली युनियनको कार्बन बजारको दायरा फराकिलो बनाउने सम्झौतामा पुग्नुअघि सदस्य राष्ट्र र संसदको प्रतिनिधित्व गर्ने वार्ताकारहरूले २४ घण्टाभन्दा बढी गहन वार्ता गरेको बताइएको छ ।

यस सम्झौताको अर्थ सन् २००५ को स्तरको आधारमा सन् २०३० सम्ममा ईटीएस क्षेत्रमा उत्सर्जनमा ६२ प्रतिशतले कटौती गरिनेछ । सम्बन्धित उद्योगहरूले आफ्नो उत्सर्जनलाई त्यो रकमले घटाउनुपर्छ ।

यस सम्झौताले सन् २०३० सम्ममा ४८.५ प्रतिशत कार्बन उत्सर्जनलाई चरणबद्ध रूपमा हटाउने र सन् २०३४ सम्ममा पूर्ण रूपमा हटाउने गरी निःशुल्क सेवाहरू चरणबद्ध रूपमा हटाउने समय तालिकालाई गति दिन पनि खोजेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button