तपाईँ सुन्दै हुनुहुन्छः

सांस्कृतिक आदानप्रदानले जनस्तरको सम्बन्धलाई सुदृढ बनाउँछ :  अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले शुक्रबार दूतावासका कला दूत आलिहान्ड्रो पोली जुनियर (म्यान वान) को नेतृत्वमा नेपाली कलाकारहरूको टोलीले बनाएको भित्ते चित्र सार्वजनिक र अवलोकन गर्नु भएको छ ।

मीनभवनस्थित यातायात व्यवस्था विभागको पर्खालमा बनाइएको भित्ते चित्र अवलोकन गरेपछि राजदूत थम्पसनले उक्त भित्ते चित्रले काठमाडौंका जनतालाई कलात्मक राहत दिने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत थम्पसनले सांस्कृतिक आदानप्रदानले नेपाल र अमेरिकाबीचको जनस्तरको सम्बन्धलाई सुदृढ बनाएको बताउनुहुँदै  आगामी दिनमा सांस्कृतिक आदानप्रदानको संख्या बढाउन अमेरिकी दूतावासले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।   

“एकता” नाम दिइएको उक्त भित्ते चित्रले नेपाली समाजको एकता र विविधता र सामाजिक समावेशीकरण र समताको महत्त्वलाई दर्शाएको कलाकारहरूले बताएका छन् । 

पर्खालको दुवै छेउमा बार कोडहरू राखिएका छन् जसलाई स्क्यान गर्दा भित्ते चित्रको अर्थ र यसलाई चित्रित गर्ने कलाकारहरू सहितको पूर्ण विवरण उपलब्ध हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button