तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क आँखा शिविरबाट ४ सय ८९ लाभान्वित

अछाम । अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ४ सय बढीले सेवा लिएका छन् ।

पालिकाका वडा न.. ४ , ५, ६, ७ र ८ को लागि  मेल्लख को आधारभूत अस्पताल चौखुट्टेमा  सञ्चालन गरेको  निःशुल्क आँखा शिविरबाट  ४ सय ८९  जनाले सेवा लिएका हुन् ।

आँखाको समस्या भएका उपचारको लागि टाढा जान नसक्ने ज्येष्ठ नागरिक,असहाय,अशक्तको लागि गाउँमै सेवा दिने उद्देश्यले आँखा शिविर सञ्चालन गरिएको थियो ।

गेटा आँखा अस्पताल धनगढी कैलालीको उपशाखा साँफेबगरको सहयोग र मेल्लेख गाउँपालिकाको समन्वय तथा आयोजनामा शिविर सञ्चालन गरिएको थियो । गाउँमै सेवा पाएपछि सेवाग्राही निकै खुसी भएका छन् ।

मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउँदले  दुर्गम ठाउँको नागरिकलाई घर दैलोमै सेवा दिन तथा  टाढा जान नसक्ने वयोवृद्धहरूका लागि गाउँमै शिविर सञ्चालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button