तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री खाण र माओवादी अध्यक्ष दाहालबीच भेट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । 

दाहाल निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको थियो ।

भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहनुभएको छ । 

उहाँहरुबीच मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एक जुट भएर लाग्नेबारे कुराकानी भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button