तपाईँ सुन्दै हुनुहुन्छः

राखेपका पूर्व सदस्य सचिव किशोर बहादुर सिंहको निधन 

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव एवं ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन किशोरबहादुर सिंहको आज निधन भएको छ ।

२०५९ सालदेखि नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पदमा रहेर २०६३ वैशाखसम्म परिषद्लाई नेतृत्व प्रदान गर्नुभएका सिंहको आज दिउसो थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०२९ देखि २०३४ सालसम्म राष्ट्रिय ब्याडमिन्टनमा लगातार ६ पटक एकल तर्फको उपाधि जित्नुभएका सिंहको ह्रदयघातका कारण निधन भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button