तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका सुरङ्गा

सप्तरी । सप्तरीको सुरङ्गा नगरपालिका मधेश प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ।

वडा–१ देखि ११ नम्बर सम्मका वडाहरूले बालविवाहमुक्त घोषण गर्ने सूचक पुरा गरेपछि सुरङ्गा नगरपालिकालाई मधेश प्रदेशकै पहिलो बालविवाहमुक्त नगर घोषणा गरिएको हो।

सप्तरी निर्वाचन क्षेत्र ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले सुरुंगा नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गर्नुभएको हो । सुरुंगा नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेन र सबल नेपालको सहयोगमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बालविवाहमुक्त नगरपालिका घोषणा प्रतिवेदन प्रस्तुत गर्नुभएका थियो।

कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य अनिरूद्ध प्रसाद सिंह यादव, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साह, पूर्व नगर प्रमुख मुक्तिनाथ चौधरी, सेभ द चिल्ड्रेनका क्षेत्रिय प्रबन्धक प्रकाश आचार्य, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य अबधेश झा, सबल नेपालका अध्यक्ष जुना गिरी, निर्देशक दिपक झा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button