तपाईँ सुन्दै हुनुहुन्छः

आलुमा आत्मनिर्भर बनाउन चार पालिकामा विशेष कार्यक्रम

जनकपुरधाम । आलु उत्पादनमा मुलुकलाई आत्म निर्भर बनाउनका लागि धनुषा तथा महोत्तरीमा बीउ वृद्धिका साथै आलु उत्पादनमा विशेष जोड दिइएको छ । 

दुई जिल्लाको चार वटा पालिकामा विश्व बैङ्कको आर्थिक सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाले बीउ वृद्धि कार्यक्रमका साथै आलु उत्पादनमा विशेष रुपमा जोड दिइएको छ । 

मानव सूचकाङ्कको दृष्टिकोणले कमजोर रहेको धनुषाको मुखियापट्टी मुसरनीया तथा धनौजी र महोत्तरी जिल्लाको पिपरा तथा एकडरा वेला गाउँपालिकामा सञ्चालन रहेको आयोजनाको कार्यक्रमले नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारबाट मूल बिउँ ल्याएर ८५ प्रतिशत अनुदानमा वितरण भइरहेको छ । 

”खुमल रातो” नाउँको बीउ वितरण भइरहेको आयोजनाका इकाई प्रमुख सुकेश्वर झाले बीउ वृद्धि कार्यक्रम अन्तर्गत वितरण गरेको बीउ उच्च श्रेणीका रहेकाले यसको प्रयोग थोरै जग्गामा बीउ लगाएर बढी फलाउन मिल्ने भएकाले किसानहरूले निक्कै मन पराउने गरेको बताउनु भयो । 

बिउँ खरिदका लागि आयोजनाको कार्यालय आउनु भएका महोत्तरीको पिपरा गाउँपालिका वडा नंं ६ रतौलीका अगुवा किसान दिपलाल यादवले आफूले १० कट्ठामा आलुको खेती गर्ने गरेको बताउनुभयो । गत वर्ष एक धुर जग्गामा बीउ वृद्धि कार्यक्रम अन्तर्गत खेती गर्दा डेढ क्वीन्टल बिउँ उत्पादन भएको बताउनुभयो ।

एक पटक मूल बिउँ रोपेपछि त्यसबाट तीन पुस्तासम्म बिउँ नै बनाउने र चौथो पुस्तामा जाँदा मात्र खानाका लागि खेती गर्न खेतमा लगाउने प्राविधिक मान्यता रहेको आयोजनाका प्रमुख झाले बताउनु भयो । एक किलोग्राम आलुको मूल बिउँको मूल्य २७ सय पर्ने गरेको छ । दानाको आधारमा ३ रुपैयाँ प्रतिगोटा देखि ७ रुपैयाँ पर्ने गरेको छ । धनुषा तथा महोत्तरीमा बीउ वृद्धि कार्यक्रम अन्तर्गत ६४ हजार ८५ दाना आएको छ ।

यसै गरि आयोजनाका कार्यक्षेत्र भएका चार पालिकामा ४५ टन उन्नत जातको आलुको बीउ ८५ प्रतिशत अनुदानमा वितरण भइरहेको आयोजनाले जनाएको छ । एक कट्ठामा ४० किलो आलुको बीउ आवश्यक पर्ने गरेको छ । अहिले नेपालमा भारतीय बजारबाट भारी परिणाममा खाने आलु आयात भइरहेको छ । 

जनकपुरधाममा मात्र भारतबाट दैनिक रुपमा एक दर्जनको सङ्ख्यामा १२ चक्काको मालवाहक ट्रकबाट खाने आलु तथा केही बीउ बोकेर आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button