तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची र इन्द्रावती नदिमा भोलिबाट ह्युमपाइप हाल्न सुरु गरिने

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले भोलिबाट ह्युम पाइप हाल्न सुरु गर्ने भएको छ । बिहीबार नगर प्रमुख आइतमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, वडा अध्यक्ष तथा प्राविधिक लगायतको टोलीले मेलम्चीको फट्टे र इन्द्रावती नदिमा ह्युम पाइप हाल्नका लागि स्थलगत अवलोकन गरेको हो । 

नगरप्रमुख तामाङले भोलिबाट ह्युमपाइप हाल्न सुरु गरिने जानकारी दिनुभयो । उहाँले चाडपर्व नजिकिँदै गएकाले पनि तत्काल जोखिम मोलेरै ह्युमपाइप हाल्न नगरपालिका बाध्य भएको बताउनुभयो । विगत देखिनै नागरिकहरूले ठुलो सास्ती खेप्न परेको भन्दै प्रमुख तामाङले दशैका लागि चाहिने सामग्री लैजान सहज होस् भनेर दशैँ अघिनै ह्युमपाइप हाल्ने प्रयत्न गरिएको जानकारी दिनुभयो । 

उहाँले सकेसम्म पुरानै स्थानबाट ह्युम पाइप हाल्न सुरु गर्ने र कुनै समस्या आएमा वैकल्पिक माध्यमबाट भएपनि दशैअघि पाइप हाल्ने बताउनुभयो । गत वर्षको बाढीले मेलम्चीका दुई पक्की पुल बगाएको थियो।  पुल नहुँदा मेलम्ची,पाँचपोखरी, हेलम्बु तथा इन्द्रावतीका दशौँ नागरिकले सास्ती भोग्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button