तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलङ्कामा मानव तस्करमाथि कडा निगरानी, पक्राउ पर्नेको सङ्ख्या बढ्यो

कोलम्बो। श्रीलङ्का सरकारले हालैका महिनाहरूमा बावजुद डुङ्गामार्फत अवैध रूपमा मानिसहरूलाई विदेश पठाउने मानव तस्करहरूमाथि कडा कारबाही गर्ने बताएको छ ।

श्रीलङ्काको पूर्वी क्षेत्र कट्टानकुडीस्थित मुगाथहुवरम समुद्र तटमा छापा मार्ने क्रममा डुङ्गामार्फत अवैध रूपमा अष्ट्रेलियामा मानव तस्करी गर्ने पाँच जनालाई सोमबार बिहान प्रहरी विशेष बलले पक्राउ गरेको थियो ।

मानव तस्करीमा प्रयोग भएका पाँच वटा डुङ्गापनि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार संदिग्धहरूले अवैध रूपमा डुङ्गाबाट अस्ट्रेलिया लैजान सहमत भएका थिए र अध्यागमन कानूनको उल्लङ्घन गरेका थिए ।

उनीहरूलाई थप अनुसन्धानका लागि कट्टनकुडी प्रहरीलाई बुझाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरूले डुङ्गाबाट अवैध रूपमा अस्ट्रेलिया लगेबापत प्रतिव्यक्ति करिब चार हजार २०० अमेरिकी डलर लिने गरेको खुल्न आएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button