तपाईँ सुन्दै हुनुहुन्छः

चुनाव जित्ने आधारलाई हेरेर गठबन्धन दलबीच सिट बाँडफाँड हुनुपर्छ : अध्यक्ष नेपाल 

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जित्ने सुनिश्चित आधारलाई हेरेर गठबन्धन दल बीच सिट बाँडफाँड हुनुपर्ने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्धनमा सहभागी सबै दलले चुनाव जित्ने आधार तयार गरेर अघि बढ्दा निर्वाचनमा सहज हुने बताउनुभयो । 

यो विषय कसैले दिने र कसैले लिने कुरा नभएको भन्नुहुँदै अध्यक्ष नेपालले मिलेर चुनाव लड्ने हो भने सबैले जित्ने गरि सिट बाँडफाँड हुनुपर्ने बताउनुभयो । 

उहाँले कुन निर्वाचन क्षेत्रमा कुन पार्टी बलियो छ त्यसलाई आधार मानेर अगाडी बढ्दा सबैलाई फाइदा हुने बताउनुभयो ।  

सिट बाँडफाँडको विषयमा दलहरुबीच छलफल चलिरहेकाले यस विषयमा चाँडै टुङ्गोमा पुग्ने उहाँले बताउनुभयो । एक प्रश्नमा उहाँले निर्वाचन अघि वाम धुर्विकरणको सम्भावना नरहेको समेत बताउनुभयो । 

उहाँले नागरिकता विधेयकको सवालमा यसअघि एमालेको सरकारले जे कुरा राखेको थियो अहिलेको सरकारले पनि त्यही कुरा राखेकाले त्यसमा आशङ्का गर्नु आवश्यक नभएको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button