तपाईँ सुन्दै हुनुहुन्छः

राई नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त

काठमाडौँ । युगल किशोर राई नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार युगललाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । यस्तै विनोद डङ्गोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।

नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईँ रहेका छन् । बङ्गलादेश विरुद्धको एक मैत्रीपूर्ण खेलका लागि एन्फाले उनीहरुलाई नियुक्त गरेको हो । नेपाली टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ ।

कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईँले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा डाकेका छन् । कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्तिमगर, अञ्जन विष्ट, अनन्त तामाङ लगायतका अनुभवी सिनियर खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षण छाडेका १० खेलाडीमध्ये सुमन लामा अटाएका छैनन् ।

नेपालले आगामी असोज दोस्रो साता बङ्गलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button