२०७९ साल असोज २१ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

ला लिगा : रियल मड्रिडको विजयी शुरुवात

रेडियो नेपाल २०७९ साउन ३० गते ७:४७

काठमाडौँ । साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी शुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्ध पुनरागमन सहित २-१ को जित निकाल्यो ।

१-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले शुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।

जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूणर् तीन अंक जोड्यो । गय राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो।

सम्बन्धित