तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ–मुग्लिन/मुग्लिन– पोखरा सडकको कामलाई तीव्र रुपमा अघि बढाउन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नारायणगढ–मुग्लिन/मुग्लिन– पोखरा सडक खण्डको स्तरोन्नतिको कामलाई तीव्र बनाउन निर्देशन दिएको छ । 

समितिको सिंहदरबारमा आज बसेको बैठकले सो सडक खण्डको स्तरोन्नतिको काममा ढिलासुस्तीका कारण न्यून प्रगति देखिएको भन्दै निर्धारित समयमा सम्पन्न गर्ने गरी काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले सबैजसो भौतिक पूर्वाधार निर्माणका काममा ढिलासुस्ती र गुणस्तरहीन देखिने गरेको भन्दै विकासको उपयुक्त मोडल अवलम्बन गर्न समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैगरी, बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन पछिको तोकिएको सार्वजनिक यातायातको भाडा कार्यान्वयन गर्दै त्यसको अनुगमन गर्न समेत निर्देशन दिएको छ । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले संसद् र संसदीय समितिमा उठेका विषयहरूलाई कार्यान्वयनमा लैजान आफू सकारात्मक रहेको बताउनुभयो । 

उहाँले समितिले दिएको निर्देशनलाई कार्यान्वयन गरिरहेको र नारायणगढ–मुग्लिन/मुग्लिन– पोखरा सडकको कामलाई तीव्र रुपमा अघि बढाउने स्पष्ट पार्नुभयो । 

बैठकमा सांसदहरुले संसद्को शून्य र विशेष समयमा उठाएका महत्त्वपूर्ण र गम्भीर विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले सुनुवाई नगरेको, सडकको प्रभावकारी अनुगमन नभएको, सार्वजनिक यातायातले मनपरी भाडा असुल्ने गरेको, पूर्वाधार निर्माणमा सरकारसँग विकासको कुनै उपयुक्त मोडल नभएको लगायतका धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button