तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ११ हजार मतदाता थपिए

धनगढी । कैलालीमा ११ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । 

कैलालीमा योसँगै कुल मतदाता सङ्ख्या ५ लाख ३६ हजार ५५५ पुगेको छ । यसअघि कैलालीमा ५ लाख २५ हजार १२५ मतदाता रहेका थिए । 

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले असार १ गतेबाट सुरु भएको नयाँ मतदाता नामावली दर्ता कार्यक्रम साउन १९ गतेसम्म चलेको र त्यस अवधिमा ११ हजार ४ सय ३० जना नयाँ मतदाता थपिएको बताउनुभयो । 

यसैगरी, जिल्लामा एक मतदानस्थल थप गरिएको र तीन वटा मतदान स्थल सारिएको उहाँले जानकारी दिनुभयो । 

कैलालीमा ५ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र १० वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button