तपाईँ सुन्दै हुनुहुन्छः

करारका कर्मचारी हटाइएपछि गढी गाउँपालिकामा तालाबन्दी

सुनसरी । सुनसरीको गढी गाउँपालिकामा काम गर्दै आएका करारका कर्मचारीहरूले पूर्वाग्रही रुपमा हटाइएको भन्दै गाउँपालिका कार्यालयको मुल गेटमा तालाबन्दी गरेका छन् ।

गाउँपालिकामा कार्यरत ७२ जना करारका कर्मचारी हटाइएपछि उनीहरूले गढी गाउँपालिका तथा वडाहरूमा तालाबन्दी गरेका हुन् ।

कानुन विपरीत करार सेवा भङ्ग गरेको हुँदा नियम सङ्गत, कानुन बमोजिम करार सम्झौतालाई निरन्तरता दिई पुनः कामकाजमा फर्काउन ऐक्यबद्धता तथा अनुरोध पत्र पनि कर्मचारीहरूले गाउँपालिकामा बुझाएका छन् ।

२०७४ मा भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका करारका कर्मचारीहरूलाई आइतबार बाट हटाइएको हो । गढी गाउँपालिकाले असारको अन्तिममा एक सूचना प्रकाशित गरि करारका कर्मचारीहरूलाई हाजिरी नगर्न/नगराउन आदेश दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button