तपाईँ सुन्दै हुनुहुन्छः

कार्य सम्पादनको हिसाबमा जिल्ला प्रशासन बारा मधेस प्रदेशमा पहिलो

बारा । बारा जिल्ला प्रशासन कार्यालय कार्य सम्पादनको हिसाबमा मधेस प्रदेशमा पहिलो भएको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल बारा जिल्लामा आएको झन्डै १ बर्ष नपुग्दै उहाँले गर्नुभएको रचनात्मक कामको उच्च मूल्याङ्कन गरि सरकारले मधेस प्रदेशभरिमा नै उत्कृष्ट काम गरेको जिल्ला प्रशासन कार्यालय बारालाई छनौट गरेको छ । 

बारा जिल्ला प्रशासनले ९० देखि माथि र ९५ देखि तल काम गरेको मूल्याङ्कनका अधारमा प्रथम अङ्क प्राप्त गरेको हो । 

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आ.व. २०७८/०७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्ने प्रयोजनार्थ गठित समितिले मूल्याङ्कन प्रतिवेदनका अनुसार पहिलो भएको छ । 

जिल्लामा शान्ति, सुरक्षा कायम गर्नेदेखि हत्या, हिंसा, बलात्कार, विभिन्न प्रकारका हिंसा न्यूनीकरण गर्ने काममा प्रमुख जिल्ला अधिकारी कटुवाल गर्न सफल हुनुभएको छ । 

उहाँ स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, मर्यादित रुपमा सौहार्दपूर्ण रुपमा सम्पन्न गराउनका लागि विभिन्न राजनीतिक दलहरूको सहकार्य सम्बन्ध सुमधुर बनाई सबैको मान सम्मान हुने गरि अगाडी बढ्नु भएको थियो । 

त्यति मात्र नभई जिल्ला प्रशासन कार्यालयमा हुने गरेको ढिलासुस्तीलाई कडाइ गरि उहाँले  जनताको कामकाज छिटोभन्दा छिटो सेवा प्रभाव गर्नका लागि टोकन प्रणालीदेखि लिएर सेवाग्राहीहरूलाई बस्न सम्मको काम अगाडी बढाउनुभएको थियो । 

प्रमुख जिल्ला अधिकारी कटुवालले सेड निर्माणदेखि दुर्गा मन्दिर निर्माण, फूलबारी बगैँचा निर्माण, गोलघर निर्माण, कम्पाउन्ड जम्ने गरेको पानीलाई व्यवस्थित गरि माटो पुर्ने काम समेत गर्नुभएको थियो । 

उहाँ त्यति मात्र नभई लामो समयदेखि रौतहट र बारा जिल्लाको सिमानामा रहेको मेवा रुपउलिया र टेढाकटीको बिचमा पर्ने अरुवा खोलामा रहेको विवाद रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी राजनीतिक दलहरूको समन्वयमा समस्या समाधान गराउन सफल हुनुभएको थियो । 

त्यसैगरी, हिन्दु मुस्लिम बीच ईनर्वा पहिचानपुरको ठुलो विवाद समाधान गर्ने जस्ता रचनात्मक कामहरू समे उहाँले उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button