तपाईँ सुन्दै हुनुहुन्छः

रक्सौलबाट नरकटियागञ्जतर्फ गइरहेको रेलमा आगलागी

वीरगञ्ज । वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलबाट नरकटियागञ्जतर्फ गई रहेको एउटा रेलमा आगलागी भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार वीरगञ्जको सीमावर्ती बजार रक्सौलबाट नर्कटियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आज बिहान आगलागी भएको हो । रेलमा आगलागी भएता पनि मानवीय क्षति भने भएको छैन ।

भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बामा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

रेलको इन्जिनमा आगलागी कसरी भयो भन्ने कारण भने खुलिसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button