तपाईँ सुन्दै हुनुहुन्छः

झापामा चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने

भद्रपुर, झापा । झापामा पहिलो पटक राष्ट्रियस्तरको रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ ।

७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप झापामा हुने भएको हो । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ सङ्घको संयोजनमा यही असार १८ गते शनिबार हुने भएको सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा विभिन्न पाँच वटा विधामा खेलाडीलाई पुरस्कृत गरिने छ । झापाको केरखास्थित सहिद धर्मभक्त माविमा हुने प्रतियोगितामा हेभिवेट च्याम्पियनले नगद १ लाख २५ हजार, हार्डकोरको विजेताले नगद १ लाख, मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाइट वेट च्याम्पियनले नगद ६० हजार, ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको च्याम्पियनले नगद ७० हजार प्राप्त गर्ने महासचिव श्रेष्ठले बताउनु भयो ।

प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button