तपाईँ सुन्दै हुनुहुन्छः

धान उत्पादनको वृद्धि गरी आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धान खेतीको महत्त्व सबैले बुझ्नुपर्ने बताउनुभएको छ । 

अखिल नेपाल किसान सङ्घ भक्तपुरले आज आयोजना गरेको धान दिवस कार्यक्रममा अध्यक्ष ओलीले कृषि उत्पादनलाई अर्ग्यानिक बनाउनुपर्ने भन्दै धान उत्पादनको वृद्धि गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै, ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा रोपाइँ गरी धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । 

सो अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवले रोपाइँ महोत्सवको उद्घाटन गर्दै धानको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । 

आज देशैभर धान दिवस मनाइँदै छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button