तपाईँ सुन्दै हुनुहुन्छः

छैटौँ पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा । असार १८ मा हुने छैटौँ पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । स्पोर्ट्स अवार्ड ७ विधामा प्रदान गरिनेमा चार विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

वर्ष खेलाडी पुरुषतर्फ ब्याडमिन्टनका विधान अधिकारी, कराँतेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी मनीषा उपाध्याय र कराँतेकी सरगम कुमाल छन् ।

उदीयमान खेलाडीमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी सृष्टि जैसी र बक्सिङका साहिल लिम्बु मनोनयनमा परेका छन् । क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका नीरज थापा उत्कृष्ट प्रशिक्षकतर्फ मनोनयनमा परेका छन् ।

लाइफ टाइम एचिभमेन्ट अवार्ड, उत्कृष्ट सङ्घ र उत्कृष्ट पत्रकारिता विधाको अवार्ड भने कार्यक्रमकै दिन सार्वजनिक गरिने खेलकुद पत्रकार मञ्च गण्डकी मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button