तपाईँ सुन्दै हुनुहुन्छः

सुनिल स्मृति गाउँपालिकाको बजेट ५५ करोड ९४ लाख ११ हजार

रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिकाले ५५ करोड ९४ लाख ११ हजारको बजेट ल्याएको छ । १२ औँ गाउँ सभामा उपाध्यक्ष मिना थापाले ५५ करोड ९४ लाख ११ हजारको बजेट प्रस्तुत गर्नुभयो ।

कुल बजेटमध्ये गत आर्थिक वर्ष अ.ल्या. रु. २ करोड १० लाख, सङ्घीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु.११ करोड २१ लाख र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु.६० लाख २३ हजार गरी जम्मा वित्तीय समानीकरण अनुदान रु.११ करोड ८१ लाख २३ हजार रहेको छ ।

सङ्घीय सरकारबाट प्राप्त राजस्व बाँडफाँडबाट रु.१० करोड ८६ लाख १३ हजार र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँड रु.८० लाख ७५ हजार गरी जम्मा राजस्व बाँडफाँड रु.११ करोड २६ लाख ८८ हजार रहेको छ ।

गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button