तपाईँ सुन्दै हुनुहुन्छः

हजयात्रीलाई गृहमन्त्री खाणद्वारा बिदाइ

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रवार बिहान ११३ हजयात्रीलाई बिदाइ गर्नुभयो ।

यस वर्ष हजका लागि नेपाललाई छुट्टाइएको ५५५ जनाको काेटामध्य शुक्रवार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हाे । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताउनुभयो ।

उहाँले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताउनुभयो । हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सह महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सहितको उपस्थिति थियो ।

असार ६ गतेदेखि दैनिक एयर अरेबियाकाे हवाइजहाजबाट एक टोली हज गर्न गइरहेको थियो । नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेब्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ ।

महावाणिज्यदूतावासबाट १० जनाको स्वयमसेवककाे टोली हजयात्रीकाे व्यवस्थापनका लागि खटिएको छ । टोलीमा ८ जना डेलिकेट्स् र ३ जना मेडिकल सपाेर्ट टिम सहभागी छ । हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कनेछ ।

मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button