तपाईँ सुन्दै हुनुहुन्छः

बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिनेक्रम जारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले किसानहरुले वर्षेनी मल अभावको समस्या भोग्नुपर्ने समस्या समाधान गर्न सरकारले नेपालमै रसायनिक मल कारखानाका स्थापना गर्ने विषयमा लगानी बोर्डसँग छलफल गरिरहेको जानकारी गराउनुहुँदै सरकारले असार १५ गतेभित्र किसानलाई मल उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९/०८० अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले किसानलाई रसायनिक मल वितरण गर्दा विभिन्न निकायसँग समन्वय हुन नसकेको भन्नुहँदै अगामी दिनमा अनलाइन प्रणालीबाट रसायनिक मल उपलव्ध गराउने व्यवस्था गर्न लागेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले बजेटमा व्यवस्था गरिएको किसान पेन्सन कार्यक्रमका सम्बन्धमा विज्ञहरुसँग छलफल गरी सरकारले चाडै नै ठोस कार्ययोजना बनाएर लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यसै गरी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेटमा एक विद्यालय एक खेलमैदानको व्यवस्था युवा जनशक्तिलाई रोजगारीको व्यवस्था गर्ने सरकारको योजना रहेको जानकारी गराउनुभयो ।

बैठकमा विनियोजन विधेयक २०७९ माथि मन्त्रालयगत छलफलमा सांसदहरुले उठाउनुभएका प्रश्नको विभिन्न मन्त्रीहरुले जवाफ दिनेक्रम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button