तपाईँ सुन्दै हुनुहुन्छः

पुर्व सतर्कताका लागि मनसुन टु को अभ्यास सुरु

बारा । बाढीबाट जोगिन र पुर्व सतर्कताका लागि बारामा नेपाली सेनाको ज्वाला दल गुल्मले मनसुन टु को अभ्यास सुरु गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले विगत वर्षको तुलनामा यस वर्ष भारी वर्षा हुने अनुमान गरेको हुँदा बाढीबाट जोगिन र पुर्व सतर्कताका लागि गुल्मले आफ्नो कार्यालय परिसरमा अभ्यासको थालनी गरेको ज्वाला दल गुल्मका सेनानी शिव बस्नेतले जानकारी दिनुभयो ।

डुबानबाट बचाउन र बाढीमा फसेका व्यक्तिहरूको उद्धार गर्ने विषयमा सरोकारवालाहरूलाई अभ्यास दिन थालिएको सेनानी बस्नेतले जानकारी दिनुभयो ।

आइतबारदेखि सुरु गरिएको अभ्यास २४ र २५ गते कार्यालय परिसरमा र जेठ २६ गते फेटा गाउँपालिका–३ स्थित पोखरीमा प्रदर्शनी गर्ने ज्वाला दल गुल्मले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बिपत व्यवस्थापनका खटिने रेडक्रस सोसाइटी, जिल्ला प्रशासन कार्यालयको दैवी उद्धार प्रकोप समितिका व्यक्तिहरू लगायतको सहभागितामा अभ्यास गर्न लागिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button