तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

नेपालगञ्ज। बाँकेको कोहलपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीमा कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गए राति पौने १२ बजे एक आपसमा ठोक्किँदा भे १२ प ३३९८ नम्बरका मोटरसाइकल चालक कोहलपुर नगरपालिका–२ का २९ वर्षीय खड्क गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सोही मोटरसाइकल पछाडि सवार कोहलपुर २ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालिका ८ का ३८ वर्षीय दल बहादुर सारु घाइते हुनुभएको छ । दुवै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button